सेवा कार्यालयद्वारा ५३ करोड राजस्व संकलन

सेवा कार्यालयद्वारा ५३ करोड राजस्व संकलन

मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • images

    स्याङ्जा । आन्तरिक राजस्वको करदाता सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा ५३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । 
    कार्यालयले विभिन्न शीर्षकमा ५३ करोड ३१ लाख ५१ हजार राजस्व संकलन गरेको हो । कार्यालयले आयकर शीर्षकमा २८ करोड ७१ लाख राजस्व उठाएको छ भने मूल्य अभिवृद्धि करतर्फ १८ करोड ७६ लाख संकलन गरेको छ । जरिवाना तथा ब्याज शीर्षकमा चार करोड २६ लाख ७२ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । 
    कार्यालयले अन्तशुल्कतर्फ ८८ लाख ५५ हजार र भाडामा ५२ लाख ६८ हजार र अन्य शीर्षकमा १५ लाख ८३ हजार गरी ६ शीर्षकमा ५३ लाख ३१ लाख ५१ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख टिकाराम रेग्मीले बताए ।
    कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्षमा एक करोड १८ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ५२ करोड १३ लाख ४२ हजार राजस्व संकलन गरेको थियो ।
    गत आर्थिक वर्षमा ६७ करोड ६६ लाख १५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ५३ करोड ३१ लाख ५१ हजार मात्रै राजस्व संकलन भएको छ । लक्ष्यको ७८.८ प्रतिशत मात्रै राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी सुवास शर्मा मरासिनीले जानकारी दिए । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend