काठमाडौं। नेपाली बजारमा बिहीबार सुन मूल्य तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेसँगै यस मूल्यमा कारोबार भएको हो। यसअद्धि बुधबार छापावाल सुन तोलामा एक लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेर तोलामा दुई हजार ३४० रुपैयाँमा कारोबार भएको छ। बुधबार तोलामा दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।


