आयकर तिर्दा महिला कर्मचारीले पाउँछन् छुट

आयकर तिर्दा महिला कर्मचारीले पाउँछन् छुट

ट्याक्स खबर
बुधवार, भाद्र ४ २०८२
ट्याक्स खबर
बुधवार, भाद्र ४ २०८२
  • images

    काठमाडौं। आयकर तिर्दा महिला कर्मचारीहरूलाई विशेष छुटको सुविधाबारे के तपाईंलाई थाहा छ ? महिला कर्मचारीहरूलाई आयकर तिर्दा विशेष छुटको व्यवस्था गरिएको छ। आफ्नै स्थायी लेखा नम्बर प्रयोग गरेर आय विवरण पेश गर्ने महिलाले कर स्ल्याब अनुसार गणना भएको कुल करमा १० प्रतिशत छुट पाउँछन्।

    यसको अर्थ, महिलाले समान आय भएका पुरुष करदाताभन्दा कम कर तिर्नुपर्ने हुन्छ। उदाहरणका लागि, यदि कुनै महिला कर्मचारीको वार्षिक करयोग्य आम्दानी अर्थात तलब ७ लाख रुपैयाँ छ भने पहिलो ५ लाख रुपैयाँमाथि १ प्रतिशत दरले कर लाग्दा ५,००० रुपैयाँ हुन्छ। यस्तै, बाँकी २ लाख रुपैयाँमाथि १० प्रतिशत दरले कर लाग्दा २०,००० रुपैयाँ हुन्छ। यसरी समग्रमा ती महिलाले तिर्नुपर्ने कुल कर रकम २५,००० रुपैयाँ हुन्छ। तर, महिला कर्मचारीले १० प्रतिशत करछुट पाउने भएकाले उनले कुल कर रकम २५,००० को १० प्रतिशत अर्थात् २,५०० रुपैयाँ छुट प्राप्त गर्छिन्। यसरी उनले २२,५०० रुपैयाँ मात्र कर तिर्नुपर्छ।

    पुरुषका लागि भने यो नियम लागू हुँदैन। उक्त अवस्थामा पुरुषले कुल कर रकम २५,००० नै राज्यलाई करबापत तिर्नुपर्ने हुन्छ।

    राज्यले महिलालाई दिएको यस्तो किसिमको कर छुटले उनीहरूलाई आर्थिक रूपमा थप प्रोत्साहन दिने र कर दायित्वमा सहजता ल्याउने उद्देश्य लिएको देखिन्छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend