प्रधानमन्त्रीसँगको फोटो देखाउँदै ३० वर्षमै मिटरब्याजी धन्दा  : डेढ करोड ऋणको ५ करोड असुल !

प्रधानमन्त्रीसँगको फोटो देखाउँदै ३० वर्षमै मिटरब्याजी धन्दा  : डेढ करोड ऋणको ५ करोड असुल !

ट्याक्स खबर
बिहिवार, भाद्र ५ २०८२
ट्याक्स खबर
बिहिवार, भाद्र ५ २०८२
  • images

    काठमाडौं । मन्त्रीदेखि प्रधानमन्त्रीसम्मका उच्चपदस्थसँग खिचिएका तस्वीर देखाउँदै अवैध मिटरब्याज धन्दा चलाउने एक युवक पक्राउ परेका छन् ।

    सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ का ३४ वर्षीय कविराज कटुवाललाई ललितपुर प्रहरीले मिटरब्याजको धन्दा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

    मकवानपुरमा पक्राउ परेका कटुवाललाई बुधबार ललितपुर ल्याएर जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

    कटुवालले विभिन्न मन्त्री गृहमन्त्री, प्रधानमन्त्री, प्रहरीका आईजीपी, दलका उच्च तहका नेता लगायतसँग खिचेको तस्वीर सामाजिक सञ्जालमा राखेर आफ्नो पहुँच उच्च तहसम्म भएको सन्देश दिने गरेका थिए । त्यसैको आडमा अवैध मिटरब्याज धन्दा चलाउँदै आएका थिए ।

    कटुवालले एक व्यक्तिलाई १ करोड ४० लाख रुपैयाँ ऋण दिएर करिब पाँच करोड रुपैयाँ असुलेको र त्यतिले पनि नपुगेर ऋणीको कार नै कब्जा गरेको आरोप छ ।

    डेढ करोड रुपैयाँ ऋण लिएर करिब पाँच करोड रुपैयाँ तिर्दा पनि अझै रकम बाँकी छ भन्दै कार नै कब्जा गरेर लगेको दाबी पीडित युवकले गरेका छन् । ती युवकले प्रहरीमा दिएको जाहेरीअनुसार २२ साउनमा पुल्चोकस्थित लबिम मल अगाडिबाट बा२०च ५२० नम्बरको कार कटुवालले लगेको उल्लेख गरिएको छ । 

    प्रहरीका अनुसार कटुवाल र अहिले जाहेरी दिने युवकबीच करिब चार वर्ष अगाडिबाटै कारोबार भएको देखिएको छ। बैंक खाताको चेक ग्यारेन्टी गरेपछि कटुवालले ती व्यक्तिलाई विभिन्न मितिमा पटकपटक गरी १ करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए । ऋण वापत लिएको रकम तिर्ने बेलामा ६० लाख रुपैयाँ नगदै दिएको र बाँकी रकम कटुवालले भनेका विभिन्न व्यक्तिको खातामा हालेको पीडित युवकको भनाइ छ ।

    उनको यो दाबीअनुसार पैसा जम्मा भएको हो/होइन, अहिले पक्राउ परेका कटुवालले नै भनेअनुसार जम्मा गरेको हो/होइन भन्ने पाटोबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend