भारतले नेपालबाट ८० मेगावाट विद्युत् खरिदको अनुमति दियो

भारतले नेपालबाट ८० मेगावाट विद्युत् खरिदको अनुमति दियो

ट्याक्स खबर
शुक्रवार, भाद्र ६ २०८२
ट्याक्स खबर
शुक्रवार, भाद्र ६ २०८२
  • images

    काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिद गर्न सहमति दिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, भारतले मेवाखोलाको ४८.५ मेगावाट र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको हो।

    यो अनुमति वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि दिइएको छ र अवधि २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि लागू हुनेछ। यसअघि भारतले नेपालबाट १,०१०.९ मेगावाट विद्युत् खरिदका लागि अनुमति दिइसकेको थियो। यससहित भारतमा नेपालबाट कुल विद्युत् निर्यात क्षमता १,०९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।

    त्यसैगरी, नेपाल बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। यी सबै अनुमतिहरूलाई समेट्दा नेपालबाट कुल विद्युत् निर्यात क्षमता १,१३0.९ मेगावाट पुगेको छ। गत साउन २६ गते भारतले २०० मेगावाट विद्युत् खरिदको अनुमति दिएको थियो।

    नेपालले वर्षायाममा अतिरिक्त विद्युत् भारत र बंगलादेशलाई निर्यात गर्दै आएको छ भने सुख्खायाममा भने भारतबाटै आयात गर्दै आएको छ। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो। भारतले दिएको नयाँ स्वीकृति र भविष्यमा थप अनुमतिहरू आउन सके चालु आर्थिक वर्षमा निर्यात दोब्बर हुने अनुमान गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend