बर्दियाबाट भारततर्फ लैजाँदै गरेको ४८ लाखभन्दा बढीको भेप बरामद

बर्दियाबाट भारततर्फ लैजाँदै गरेको ४८ लाखभन्दा बढीको भेप बरामद

सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • images

    बर्दिया । बर्दियामा ४८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ।

    मधुवन नगरपालिका-५ फुलराम चोकबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको भेप शुक्रबार राति करिब १ बजे सशस्त्र प्रहरीको शक्तिपुर बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो।

    सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार २ साइकलमार्फत लैजाँदै गरिएको १ हजार ९२० थान भेप भेप बरामद गरेको हो। बरामद सामग्री ८ वटा कार्टुनमा राखिएको थियो।

    प्रहरी देख्नसाथ तस्कर फरार भएका थिए। बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend