कर तिरेपनि महानगरले व्यवसाय गर्न नदिएको कवाडी व्यवसायीको आरोप

कर तिरेपनि महानगरले व्यवसाय गर्न नदिएको कवाडी व्यवसायीको आरोप

सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • images

    काठमाडौं । कवाडी व्यवसायीहरुले नियम अनुसार कर तथा दस्तुर तिरेपनि काठमाडौं महानगरपालिकाले प्रहरी बल लगाएर व्यवसायबाट विस्थापित गर्न खोजेको आरोप लगाएका छन् ।

    संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने भन्दै कवाडी व्यवसायीले सोमबार काठमाडौं महानगरपालिका घेरेका छन् । कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य भएको भन्दै उनीहरुले यस्ता कार्य तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरे । 

    कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
    कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायी समाजले विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको बताए । 

    सोमबार छुट्टै पत्रकार सम्मेलन गर्दै उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्य तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने बताए । 

    कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौं महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए । ‘अब हामी पछाडि हट्ने छैनौं । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौं । कि गर्छौं, कि मर्छौं भनेर अब हामी लागिपरेका छौं । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ,’ उनले भने । 

    संयोजक गुप्ताले कवाड व्यवसायीहरुलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको दावी गरे । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend