सरकारले साउनमै उठायो ४४ अर्ब ऋण

सरकारले साउनमै उठायो ४४ अर्ब ऋण

अब तिर्न बाँकी ऋणको आकार २६ खर्ब ८३ अर्ब !

सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • images

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै ४४ अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक लिएको छ । 

    विकास ऋणपत्र बिक्रीमार्फत आन्तरिक ऋण परिचालनमा सक्रिय रहेको सरकारले साउन १ देखि ३१ गतेसम्म एक महिनाको अन्तरालमा ४४ अर्ब ५७ करोड ऋण परिचालन गरेको हो । 

    तरपनि, यस अविधिमा भुक्तानी भएपछि थपिएको सार्वजनिक ऋण १४ अर्ब २ करोड रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कायम तिर्न बाँकी २६ खर्ब ६९ करोड ५७ लाख रुपैयाँ रहेको थियो । यसमा १४ अर्ब २ करोड थपिँदा कुल सरकारी भुक्तानी दायित्व २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ४३.९४ प्रतिशत बराबर हो । 

    कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४७.७४ अर्थात् १२ खर्ब ८१ अर्ब १२ करोड रहेको छ भने, बाह्य ऋणको हिस्सा १४ खर्ब २ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।  

    सरकारले चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये साउनमै ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यो लक्ष्यको तुलनामा ७.४८ प्रतिशतको उपलब्धी हो । 

    जसमध्ये आन्तरिक र बाह्य ऋण प्रतिशत क्रमशः ११.०५ र १.९६ प्रतिशत रहेको छ । समीक्ष अवधिमा प्राप्ति भएको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक र बाह्य ऋण क्रमशः ८९.७४ र १०.२६ प्रतिशत रहेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend