आशिका तामाङलाई ५ दिन कैद, ५ सय रुपैयाँ जरिवाना

आशिका तामाङलाई ५ दिन कैद, ५ सय रुपैयाँ जरिवाना

ट्याक्स खबर
शुक्रवार, भाद्र १३ २०८२
ट्याक्स खबर
शुक्रवार, भाद्र १३ २०८२
  • images

    काठमाडौं। भक्तपुर जिल्ला अदालतले सामाजिक अभियान्ताका रुपमा सक्रिय आशिका तामाङसहित २ जनालाई पाँच दिन कैदको फैसला सुनाएको छ। 

    न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव मुद्दामा अर्का प्रतिवादी शरण तिरूवालाई पनि दोषी ठहर गरेको हो। 

    त्यस्तै ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ भराउने आदेश अदालतले गरेको छ।

    सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा मुद्दा दायर गरेको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend