काठमाडाैं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताएका छन्।
राष्ट्रियसभामा सांसदहरुले राखेकाे प्रश्नहरुको जवाफ दिँदै उनले यस्ताे बताएका हुन्।
‘ग्रे लिष्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘हामी ग्रे लिष्टबाट बाहिर निस्कने मात्र होइन, फेरी कहिल्यै ग्रे लिष्टमा नपर्ने गरी कामकारवाही अघि बढाइरहेका छौं। यसका नतिजाहरु क्रमश: आउनेछन्।’
अर्थमन्त्री पौडेलले दुई वर्षअघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने दाबी गरे।


