पाउ पाथिभरामा एक बर्षमा एक करोड ४२ लाख भेटी संकलन

पाउ पाथिभरामा एक बर्षमा एक करोड ४२ लाख भेटी संकलन

ट्याक्स खबर
आइतवार, भाद्र १५ २०८२
ट्याक्स खबर
आइतवार, भाद्र १५ २०८२
  • images

    काठमाडौं । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा १ करोड ४२ लाख ८१ हजार रुपैँया संकलन भएको छ ।

    मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवद्र्धन समिति गठन भएको थियोे। समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१/८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार रुपैयाँ सहयोग रसिदबाट ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट ८८ हजार आम्दानी भएको बताए ।

    बैंकमा रहेको बचतको ब्याजबापत पाँच लाख ६० हजार, अनलाइनमार्फत आय दुई लाख ५४ हजार र विविध आम्दानीबापत ३० हजार ७२० संकलन भएको उनले जानकारी दिए । 

    प्रसिद्ध पाथिभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् । 

    समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत नै खर्च गर्दै आएको जनाएको छ । आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ ।

    मन्दिरको नाममा रु एक करोड १२ लाख २१ हजार बैंक मौज्दात रहेको छ । समितिले चार गुरुसहित नौ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ । मन्दिरको शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवनसमेत बनाउँदा सो आवमा रु ५७ लाख खर्च भएको समितिका अध्यक्ष ढकालले बताए ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend