दसैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ?

दसैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ?

यस्तो छ विभागको तयारी

ट्याक्स खबर
शुक्रवार, भाद्र २० २०८२
ट्याक्स खबर
शुक्रवार, भाद्र २० २०८२
  • images

    काठमाडौं । दसैं–तिहारका लागि उपत्यकाबाट बाहिरिने यात्रुहरूको सहज यात्राका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा करिब एक साताअघि खुला गर्ने तयारी भइरहेको छ।

    यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार, भदौ २५ गते सम्बन्धित पक्षहरू (यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय तह र सडक विभाग)सँग छलफल गरेर आधिकारिक निर्णय गरिनेछ। विगतका वर्षझैं यसपालि पनि घटस्थापनाभन्दा एक हप्ता पहिल्यै बुकिङ खुलाउने तयारी भइरहेको उनको भनाइ छ।

    तिवारीले भने, “हाल विभागले सरोकारवालासँग अनौपचारिक छलफल गरिरहेको छ। औपचारिक निर्णयपछि टिकट बिक्री प्रक्रियामा अनुगमन पनि सशक्त बनाइनेछ।”

    तिवारीका अनुसार विभागले भदौको अन्त्यतिर टिकट बिक्री सुरु गर्ने लक्ष्य राखेको छ। हाल विभागले अनलाइन प्रणालीलाई अझ व्यवस्थित बनाउने, सडक तथा राजमार्गको अवस्थाको मूल्यांकन गर्ने र टिकट बिक्रीसँग सम्बन्धित कार्ययोजना तयार गर्ने काम गरिरहेको छ। सहमति भइसकेपछि विभागले टिकट बिक्री र यात्रु व्यवस्थापनमा प्रभावकारी अनुगमन टोली परिचालन गर्नेछ।

    यसपटक टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने व्यवस्था मिलाइने विभागले जनाएको छ। साथै, नेपाल प्रहरी, ट्राफिक प्रहरी, लोत्से बहुउद्देश्यीय संस्था तथा उपभोक्ता संगठनहरूसँग सहकार्य गरी टिकट बिक्री र यात्रु सेवामा कडाइका साथ निगरानी गर्ने योजना छ।

    यात्रुवाहक सवारी चालकले खाना खुवाउने स्थानमा यात्रुको भीडभाड नहुने गरी व्यवस्था गर्नुपर्ने र टिकट आधिकारिक काउन्टरमै, परिचयपत्रसहित पोशाक लगाएका कर्मचारीमार्फत मात्र बिक्री गर्नुपर्ने नियम लागू गरिनेछ।

    यसअघि झैं यो वर्ष पनि घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनलाई देशभरका रुटमा अनुमति खुला गर्ने निर्णय भएको विभागले जनाएको छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक सुधारको आवश्यकताबारे सरकारलाई अवगत गराइएको जानकारी दिए। त्यस्तै, सडक विभागका उप–महानिर्देशक प्रभातकुमार झाका अनुसार, दसैंलाई लक्षित गरी राजमार्ग मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ।

    हाल विभागले अनलाइन टिकट प्रणालीलाई प्रभावकारी बनाउन, सडक र राजमार्गको अवस्था मूल्यांकन गर्न र सवारीसाधन व्यवस्थापनका विषयमा गृहकार्य गरिरहेको छ।

    यातायात व्यवसायीलाई सकेसम्म अनलाइनमार्फत टिकट बिक्री गर्न भनिएको छ भने नेपाल प्रहरी, ट्राफिक प्रहरी, उपभोक्ता निकाय र लोत्से बहुउद्देश्यीय संस्थासँग सहकार्य गरेर अनुगमनलाई व्यवस्थित बनाइने विभागको योजना छ।

    साथै, चालकहरूले यात्रु खानपान गर्ने स्थलमा अनावश्यक भीडभाड हुन नदिने व्यवस्था मिलाउनु पर्ने, टिकट भने आधिकारिक काउन्टरमै परिचयपत्र र पोशाकसहितका कर्मचारीबाट मात्र बिक्री गर्नुपर्ने व्यवस्था लागू गरिने जनाइएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend