कृष्णनगर नाकाबाट बढ्यो निर्यात

कृष्णनगर नाकाबाट बढ्यो निर्यात

आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • images

    कपिलवस्तु । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर हुँदै प्लाइउड, रोजिन र तारपिन तेल निर्यात बढेको छ । 

    एक वर्षमा यो नाका हुँदै १ अर्बभन्दा बढीको प्लाइउड र ७५ करोडभन्दा बढीको तयारी सिमेन्ट भारत निर्यात भएको छ । 

    गत आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब १४ करोड ८७ हजार मूल्य बराबरको १६ लाख ९४ हजार क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको छ । त्यस्तै २०८०/०८१ मा १ अर्ब ४८ करोड ४५ लाख बराबरको १५ लाख ८६ क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको यिथो ।

    प्लाइउड र भेनियर सिट दुवै कच्चा पदार्थ हुन् । नेपालमा उत्पादित प्लाई गुणस्तरीय हुँदा भारतमा बढ्दो माग रहेको व्यवसायी बताउँछन् । रोगकिरा नलागेको र गुणस्तर प्रमाणपत्र प्राप्त फाइटो सेनेटरी सर्टिफिकेट प्राप्त प्लाइउड भारत निर्यात हुने गर्छ । 

    यसका लागि भारत सरकारको उद्योग मन्त्रालयबाट जारी हुने ब्रिटिस स्ट्यान्डर्ड इन्स्टिच्युसन (बीएसआई) लिनुपर्छ । यहाँका सबै प्लाइउड उद्योगसँग बीएसआई नहुँदा जिल्लाकै गणपति रोजिन एन्ड टर्पेन्टाइन उद्योगमार्फत प्लाइउड निर्यात गरिरहेका छन् ।

    गत आर्थिक वर्षमा १३ करोड ९८ लाख मूल्य बराबरको २५ हजार ९० टन सिमेन्ट बनाउने कच्चा पदार्थ क्लिंकर र पाँच करोड २३ लाख मूल्य बराबरको २ लाख ७४ हजार लिटर तारपिन तेल निर्यात गरिएको छ । 

    त्यस्तै ८४ लाख बराबरको १ लाख १५ हजार किलो जडीबुटी, ३ करोड ८७ लाख बराबरको २ हजार ६ सय लिटर जडीबुटी तेल र २ करोड १२ लाख बराबरको १६ हजार ६७५ थान काठको झ्यालढोका निर्यात भएका छन् ।

    गत वर्षदेखि दाङमा रहेको सम्राट सिमेन्ट उद्योगबाट भारतको प्रतिष्ठित व्यापारिक घराना अडानी ग्रुपले खरिद गरिरहेको छ । भारतमा सिमेन्टको मूल्य ४५० भारतीय भारु छ । नेपालबाट लैजाँदा भने एक बोरामा ८० देखि १ सय रुपैयाँ कम मूल्य पर्छ । 

    सिमेन्टका लागि पनि बीएसआई चाहिन्छ । त्यस्तै सोही अवधिमा २२ करोड ५४ लाख बराबरको १ हजार ५५७ टन रोजिन भारत निर्यात गरिएको थियो ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend