काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।
उनीहरूले प्रहरीको घेरा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेको छ । तर स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले थप बल प्रयोग गर्न खोजिरहेको छ ।
कसैको नेतृत्वबिना स्फूर्त रुपमा सरकारको कदमविरुद्ध सडकमा ओर्लिएका प्रदर्शनकारीको शक्ति देखेर प्रशासनले प्रदर्शन स्थल आसपासलाई लक्षित गरेर कर्फयू जारी गरेको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कफ्र्यू लगाइएको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कफ्र्यू लगाइएको हो ।


