काठमाडौं । जेनजी आन्दोलनका क्रममा वाणिज्य बैंकहरुका ६५ वटा शाखा तथा एक्सटेन्सन काउन्टरमा आगजनी र तोडफोड भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार सरकारी कार्यालयहरुमा रहेका अधिकांश एक्सटेन्सन काउन्टरमा आगजनी र तोडफोड भएको छ ।
त्यस क्रममा ४० वटा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको छ । बाँकी २५ वटा शाखा कार्यालयमा क्षति पुगेको छ । कतिपय शाखा कार्यालयहरुमा पनि आगजनी भएको बताइएको छ । एटीएम बुथमा पनि तोडफोड र आगजनी गरिएको छ । धेरैजसो बैंकका एटीएमहरु भाटभटेनी सुपरमार्केटसँगै जलेको बताइएको छ ।
भाटभटेनीका हरेक शाखामा तीन चार वटा बैंकले एटीएम राख्ने गरेकाले ती अधिकांश जलेका छन् । केही एटीएम बुथ भने तोडफोड भएका छन् । हालसम्म ४५ वटा एटीएम तोडफोड भएको संघले जानकारी दिएको छ । तोडफोड र आगजनीबाट कति रकम चोरी भयो भन्ने तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।


