कर कार्यालयकाे वेवसाइट ह्याक, ह्याकर भन्छ-“भ्रष्टाचार रोक, जनताको आवाजलाई बन्द गर्न पाइँदैन।”

कर कार्यालयकाे वेवसाइट ह्याक, ह्याकर भन्छ-“भ्रष्टाचार रोक, जनताको आवाजलाई बन्द गर्न पाइँदैन।”

ट्याक्स खबर
मंगलवार, भाद्र ३१ २०८२
ट्याक्स खबर
मंगलवार, भाद्र ३१ २०८२
  • images

    काठमाडाैँ। आन्तरिक राजस्व कार्यालय भैरहवाको वेबसाइट ह्याक गरिएको छ। ह्याकरले टेलिग्राम प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै राजस्व कार्यालयको वेबसाइट ह्याक गरेको हो। पैसाको अवैध कारोबार (money laundering) टेलिग्रामको कारण नभई नियमन नभएको बैंक प्रणाली, कमजोर KYC प्रणाली र नेपाल राष्ट्र बैंकको ढिलासुस्ती नियमन प्रणालीका कारण हुने गरेको ह्याकरको भनाइ छ।

    ह्याकरले रुपन्देहीस्थित राजस्व कार्यालयको वेबसाइटमा “पहिले भ्रष्टाचार रोक, अनि मात्र टेलिग्राम प्रतिबन्धको कुरा गर। डिजिटल प्लेटफर्ममाथिको अंकुश अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो। जुनसुकै प्लेटफर्म प्रयोगकर्ताको सुरक्षाको सट्टा प्रतिबन्ध रोज्नु अत्यन्त अविवेकी निर्णय हो। यो केवल विरोध होइन, यो एक आन्दोलन हो। टेलिग्राम पहुँच तत्काल पुनःस्थापना गर। जनताको आवाजलाई बन्द गर्न पाइँदैन।” लेखिएको म्यासेज राखेको छ।

    कार्यालयले अहिले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह गरिरहेकाे छ।  भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो ।

    याे पनि पढ्नुहाेस् :
    पार्किङस्थलबाट सेवा दिँदै कर कार्यालय पार्किङस्थलबाट सेवा दिँदै कर कार्यालय

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend