काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सभा कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजे डाकेको हो ।
सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश कर समेत गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।
त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २४ गते बुक क्लोज गर्ने बताएको छ। तसर्थ असोज २३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् ।


