कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित

कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित

ट्याक्स खबर
सोमवार, कार्तिक १७ २०८२
ट्याक्स खबर
सोमवार, कार्तिक १७ २०८२
  • images

    काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ‘टिग नास आईटी एक्सपो २०२५’  आयोजना गर्ने भएको छ।

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने यस एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, उत्पाद तथा सेवाहरूको प्रदर्शनी हुनेछ। नास आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार, यो एक्सपो नेपालको स्थानीय प्रविधि र डिजिटल उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक आयोजना गर्न लागिएको हो।

    “एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्यका अवसर र नवीनतम प्रविधिको सम्भावनामा केन्द्रित हुन सहयोग गर्नेछ,” पाण्डेले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताए।

    नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले आईटी तथा व्यवसायिक समुदायबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आयोजक टोलीलाई निकै उत्साहित बनाएको बताए। उनका अनुसार, “सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माणतर्फ यो एक्सपो एक ऐतिहासिक माइलस्टोन हुनेछ।”

    नास आईटीका अनुसार, यो कार्यक्रम परम्परागत प्रदर्शनीभन्दा फरक शैलीमा आयोजना हुँदैछ, जहाँ व्यवसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणका लागि एक गतिशील प्लेटफर्म तयार गरिएको छ। एक्सपोमा विशेष रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणमा जोड दिइनेछ।

    नास आईटीकी महासचिव एलिसा श्रेष्ठका अनुसार, “नास आईटी एक्सपो केवल प्रदर्शनी होइन, यो नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु हो।”

    कार्यक्रममा ३० भन्दा बढी आईटी सेवा र प्रडक्टहरू प्रदर्शनमा रहने छन्। साथै, अवलोकनकर्ताका लागि विशेष अफरहरूको व्यवस्था पनि गरिएको नास आईटीले जनाएको छ।

    एक्सपोमा सहभागी कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू प्रदर्शन गर्ने र लाइभ पिच सेसनमार्फत आफ्नो सोच प्रस्तुत गर्नेअवसर पाउनेछन्।

    कार्यक्रममा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता र प्रविधिप्रेमीहरूसहभागी हुने अपेक्षा गरिएको छ।

    नास आईटी एक्सपो सार्वजनिक रूपमा निःशुल्क अवलोकन गर्न सकिनेछ। इच्छुक व्यक्तिहरूले आफ्नो अनलाइन टिकट eventsmo.comबाट लिन सक्नेछन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend