काठमाडौँ। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा नास-आईटी एक्सपो २०२५’ आयोजना गरेको छ। नेपालकै सबैभन्दा ठूलो प्रविधि र नवप्रवर्तन प्रदर्शनीका रूपमा चिनिएको यो दुईदिने एक्स्पो 'Connecting Businesses with Technology and Shaping Nepal’s AI Future' भन्ने मूल नाराका साथ आयोजना गरिएको हो।
एक्स्पोमा ३५ भन्दा बढी अग्रणी प्रविधि कम्पनीहरूको सहभागिता रहेको छ। जसले नेपाल र विदेशी प्रविधि इकोसिस्टमबीचको सहकार्यलाई सुदृढ पार्ने उद्देश्य राखेको छ। कार्यक्रममा उद्योग क्षेत्रका प्रमुख व्यक्तिहरू, लगानीकर्ता, नीति निर्माता, अनुसन्धानकर्ता तथा प्रविधि नवप्रवर्तकहरूको उपस्थिति रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै नास-आईटी का अध्यक्ष गौरव पाण्डेले नेपाली आईटी उद्योगबीच सहकार्य र एकताको आवश्यकता औंल्याउँदै यो एक्स्पोलाई 'संवाद, साझेदारी र प्रगतिको साझा मञ्च' बताए। उनका अनुसार नेपालको आईटी क्षेत्र विश्व बजारमा विश्वसनीय डिजिटल प्रतिभा, प्रविधि समाधान र नवप्रवर्तनको केन्द्र बन्न सक्षम छ।
कार्यक्रमको शीर्ष प्रायोजक टीग की सह–संस्थापक प्रार्थना साखाले नेपालमा बढ्दो प्रविधि इकोसिस्टमलाई सहयोग गर्न पाउँदा आफूहरू गर्वान्वित रहेको बताइन्। 'जब एउटा कम्पनी बढ्छ, सम्पूर्ण प्रविधि समुदाय बढ्छ। नेपाल प्रविधिको उपभोक्ता मात्र होइन, सिर्जनाकर्ता पनि हो,' उनले भनिन्।
एक्स्पोमा विभिन्न ख्यातिप्राप्त वक्ताहरूले विचार राखेका थिए। ईसेवा प्राईभेट लिमिटेडका कार्यकारी अधिकृत जगदीश खड्काले 'Digital Nepal – Building a Cashless Future Through Partnership' विषयमा मुख्य वक्ताका रूपमा आफ्नो धारणा राख्दै डिजिटल भुक्तानी प्रवर्द्धनमा सहकार्यको महत्त्व उल्लेख गरे। Coding Mountain USA का कार्यकारी अधिकृत प्रीतेश उपाध्यायले 'Winning Clients Globally' शीर्षकको सत्रमा अन्तर्राष्ट्रिय बजारमा नेपाली आईटी कम्पनीहरूको विस्तारका व्यावहारिक उपायहरू साझा गरे।
कार्यक्रमको समापन गर्दै नास-आईटी का उपाध्यक्ष दीपेन क्षेत्रीले प्रविधि क्षेत्रमा सहकार्य र एकताको सन्देश दिए। उनले भने, 'यो एक्स्पो नवप्रवर्तक, लगानीकर्ता र संस्थाबीचको सहकार्यको उत्सव हो। हामी सँगै यस्तो भविष्य निर्माण गर्दैछौं, जहाँ प्रविधिले अवसर, विकास र प्रभाव ल्याउँछ।'
‘टीगो नास-आईटी एक्सपो २०२५’ नोभेम्बर ७ र ८ (कात्तिक २१–२२) गतेसम्म सञ्चालन हुनेछ। यसमा प्रविधि प्रदर्शन, लगानीकर्ता नेटवर्किङ, नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रम, र एआई–आधारित समाधानहरूको डेमो समेत रहनेछ। एक्स्पोको उद्देश्य स्थानीय नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र नेपाललाई डिजिटल अर्थतन्त्रमा विश्वस्तरीय स्थानमा पुर्याउने हो।
वेयर र सूचना प्रविधि सेवा कम्पनीहरूको साझा संस्था हो, जसले नवप्रवर्तन प्रवर्द्धन, सहकार्य सुदृढीकरण र नेपाललाई विश्वसनीय प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने अभियान सञ्चालन गरिरहेको छ।


