डिशहोम गोले पायो एनपीएलको ओटीटी अधिकार, एप मार्फत संसारभर हेर्न सकिने

डिशहोम गोले पायो एनपीएलको ओटीटी अधिकार, एप मार्फत संसारभर हेर्न सकिने

ट्याक्स खबर
बिहिवार, कार्तिक २७ २०८२
ट्याक्स खबर
बिहिवार, कार्तिक २७ २०८२
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अब डिशहोम गो एपमार्फत संसारभरका दर्शकले हेर्न सक्ने भएका छन्। डिशहोम गोले एनपीएलको ओटीटी प्रसारण अधिकार प्राप्त गरेको। जसअन्तर्गत क्रिकेटका उत्साही दर्शकले उच्च गुणस्तरमा खेलहरू प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

    कम्पनीका अनुसार नेपालभित्रका प्रयोगकर्ताले केवल रु. ३०० मा सम्पूर्ण एनपीएल सिजन २ हेर्न सक्नेछन्। मध्यपूर्वका दर्शकका लागि मूल्य रु. ५०० तोकिएको छ भने बाकी विश्वका दर्शकका लागि शुल्क १० अमेरिकी डलर निर्धारण गरिएको छ।

    डिशहोक अनुसार यस सेवा प्रयोग गर्नका लागि घरमा डिशहोम टिभी सेवाग्राही हुनु पर्ने छैन। अर्थात् जो कोहीले पनि डिशहोम गो मोबाइल एपमार्फत सिधै एनपीएलका खेलहरू हेर्न सक्नेछन्।

    एनपीएल सिजन २ मा देशका प्रमुख आठ क्रिकेट क्लबहरूको सहभागिता रहनेछ र यसपटकका खेलहरू आधुनिक प्राविधिक संयोजनसहित प्रसारण गरिने बताइएको छ।

    यस सहकार्यसँगै डिशहोम गो नेपालमा खेलकुद सामग्री स्ट्रिमिङको नयाँ आयाममा प्रवेश गरेको छ, जसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ नजिक पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend