आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, पेट्रोलमा २.५४ बढ्दा अन्यको समायोजित मूल्य कति?

आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, पेट्रोलमा २.५४ बढ्दा अन्यको समायोजित मूल्य कति?

ट्याक्स खबर
शनिवार, कार्तिक २९ २०८२
ट्याक्स खबर
शनिवार, कार्तिक २९ २०८२
  • images

    काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि नयाँ समायोजित मूल्य लागू हुनेछ।

    इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलमा दुई रुपैयाँ ५४ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा मूल्य वृद्धिभए पनि, उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र मूल्य समायोजन गरेको जनाएको छ।

    नयाँ मूल्य अनुसार, पेट्रोलको मूल्य पहिलो वर्गमा १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गमा १६१ रुपैयाँ प्रति लिटर कायम गरिएको छ।

    यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गमा १४७ रुपैयाँ प्रति लिटर कायम गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend