गुगलको एआईले तपाईंको इमेल ‘डिफल्ट’ मा पढिरहेको त छैन ? यसरी बन्द गर्नुहोस

गुगलको एआईले तपाईंको इमेल ‘डिफल्ट’ मा पढिरहेको त छैन ? यसरी बन्द गर्नुहोस

ट्याक्स खबर
शनिवार, मंसिर ६ २०८२
ट्याक्स खबर
शनिवार, मंसिर ६ २०८२
  • images

    काठमाडौं। गुगलले हालै वर्कस्पेसका ‘स्मार्ट फिचर’ हरू स्वतः सक्रिय (on-by-default) बनाइदिएको भन्दै प्रयोगकर्ताहरू चिन्तित बनेका छन्। यी फिचरहरूले जीमेल, क्यालेन्डर, च्याट, ड्राईभ, र  मीटमा रहेको तपाईंको व्यक्तिगत डेटा एआईले विश्लेषण गर्न प्रयोग गर्छन्-त्यो पनि धेरैले अनुमति नदिएको अवस्थामा।

    इन्जिनियरिङ् युट्युबर डेव जोन्सले आफ्नो जीमेल सेटिङ् जाँच्दा कुनै जानकारी नदिइकन यी नयाँ एआई–आधारित स्मार्ट फिचरहरू सक्रिय भएको भेट्टाए। गुगल का अनुसार यी फिचरहरू जेमीनी एआई लाई वर्कस्पेस भित्र गहिरोसँग डेटा प्रयोग गर्न दिने उद्देश्यले बनाइएका हुन्।

    तर युरोपेली संघ, स्विट्जरल्यान्ड, बेलायत र जापानमा गोपनीयता कानुन कडा भएकाले यी फिचरहरू डिफल्टमा सक्रिय हुँदैनन्।

    गुगल ले एक सहायतापृष्ठमा लेखेको छ,“हामी वर्कस्पेस डेटा बार्ड, सर्च वा वर्कस्पेस बाहिरका एआई मोडेलहरू प्रशिक्षणका लागि प्रयोग गर्दैनौं।” तर प्रयोगकर्ताहरूलाई नबुझाई एआई डेटा प्रोसेसिङ् सुरु गरिनु नै धेरैका लागि चिन्ताको विषय बन्न पुगेको छ।

    गुगल प्रतिनिधिलेहरूले भने बाहिर आएका समाचारहरू भ्रामक भएको बताएका छन् । “यी समाचारहरू भ्रामक छन्। हामीले कसैको सेटिङ परिवर्तन गरेका छैनौँ, र जेमीनी एआई प्रशिक्षणका लागि जीमेल को कन्टेन्ट प्रयोग हुँदैन,' गुगल प्रवक्ताले भनेका छन्।

    कसरी बन्द गर्ने? 

    यदि तपाईं गोपनीयताका हिसाबले सावधान रहन चाहनुहुन्छ भने यी वर्कस्पेसका स्मार्ट फिचरहरू (एआई डेटा–स्क्यान) निष्क्रिय गर्ने तरिका अपनाउनुहोस्:

    १) जीमेल सेटिङमा जाने

    जीमेल खोल्नुहोस्

    दायाँपट्टि Gear (सेटिङ) आइकनमा क्लिक गर्नुहोस्

    See All Settings मा जानुहोस्

    २) Smart Features बन्द गर्ने

    Settings मा गएपछि:

    Smart Features and Personalisation भन्ने विकल्प भेट्टाउनुहुनेछ

    त्यसमा रहेको checkbox (✓) हटाइदिनुहोस्

    जीमेल फेरि Reload गर्न माग्छ-Reload गर्नुहोस्

    gmail-smart-features.jpg


    यदि तपाईं जीमेल का “Promotions”, “Social” जस्ता इनबक्स क्याटेगोरी प्रयोग गर्नुहुन्छ भने, यी ‘स्मार्ट फिचर’ बन्द गर्दा ती काम गर्ने छैनन्।

    गुगल ले Spell Check, Grammar Check, Auto-correct पनि यिनै स्मार्ट फिचरमा राखेको छ। बन्द गरेपछि तपाईंलाई आफ्नै टाइपिङमा भर पर्नुपर्ने हुन्छ।

    ३) वर्कस्पेस का अन्य एआई फिचरहरू बन्द गर्न

    जीमेलको त्यही सेटिङ पृष्ठमा रहेको “Manage वर्कस्पेस smart feature settings” मा क्लिक गर्नुहोस्

    सबै दोस्रो सेटका स्मार्ट फिचरहरू पनि Off गर्नुहोस्

    google-workspace-smart-features-2.jpg
    undefined

    यसपछि तपाईंको व्यक्तिगत जीमेल/ड्राईभ/क्यालेन्डर को डेटा गुगल को एआई ले कम पढ्नेछ-कम्तिमा सेटिङ अनुसार।

    तर धेरै विशेषज्ञहरूको भनाइमा, गुगलले सबै गोपनीयता सेटिङ कडाइका साथ पालन गरेको छैन। त्यसैले यस्ता फिचर बन्द गर्दा पनि एआई ले कति डेटा पढ्छ भन्ने प्रश्न रहिरहने छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend