कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक साफा अवार्ड

ट्याक्स खबर
शुक्रवार, मंसिर १२ २०८२
ट्याक्स खबर
शुक्रवार, मंसिर १२ २०८२
  • images

    कामना सेवा विकास बैंक लिमिटेडले 'साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड २०२४' अन्तर्गत 'सर्टिफिकेट अफ मेरिट' प्राप्त गर्दै लगातार दोस्रो वर्ष सम्मानित भएको छ।

    साफाले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनको उत्कृष्ट अभ्यास प्रस्तुत गर्ने संस्थालाई यो अवार्ड प्रदान गर्दछ। बैंकले आफ्नो १८ औँ वार्षिक साधारण सभामा पेश गर्न तयार पारेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई संस्थाका तथ्यांक स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत गरेको स्वीकार्दै अवार्ड प्रदान गरिएको हो।

    उक्त सम्मान पाकिस्तानको इस्लामाबादमा आयोजित समारोहमार्फत हस्तान्तरण गरिएको थियो। कामना सेवा विकास बैंकले गत वर्ष पनि यही अवार्ड प्राप्त गर्न सफल भएको थियो।

    साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट (IFAC) को नेटवर्क पार्टनर हो, जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिव्स, अफगानिस्तान सहित दक्षिण एसियाका ११ वटा चार्टर्ड एकाउन्टेन्ट संस्थाहरु समावेश छन्। साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वित्तीय प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको छ।

    यसअघि पनि बैंकको सोही वित्तीय प्रतिवेदनले चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने 'राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४' मा वित्तीय सेवा क्षेत्रतर्फ 'गोल्ड अवार्ड' प्राप्त गरेको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend