घोराही सिमेन्टले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव, कर कति ?

घोराही सिमेन्टले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव, कर कति ?

ट्याक्स खबर
आइतवार, मंसिर १४ २०८२
ट्याक्स खबर
आइतवार, मंसिर १४ २०८२
  • images

    काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले कर भुक्तानीका लागि ०.५३ प्रतिशत नगद लाभांशसहित कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्दै पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ।

    मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले दाङमा सभा आयोजना गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर समायोजनका लागि ०.५३ प्रतिशत नगद रहनेछ।

    आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण पनि सभाले निर्णय गर्नेछ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख ५४ हजार रुपैयाँ पुग्नेछ, जसको आधारमा हकप्रद शेयर निष्कासन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पेश गरिएको छ।

    कम्पनीले अघिल्लो चौथो साधारण सभामार्फत ७५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको अवस्थामा, बोनसपछि कायम पुँजीका आधारमा हकप्रद जारी गर्ने अन्तिम प्रक्रिया अघि बढाउन लागेको हो। यसपटक पनि कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव राखेको छ।

    सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ। यसअनुसार मंसिर २५ गतेसम्म नामसारी भएका शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend