चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैङ्करलाई मृत्युदण्ड

चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैङ्करलाई मृत्युदण्ड

ट्याक्स खबर
मंगलवार, मंसिर २३ २०८२
ट्याक्स खबर
मंगलवार, मंसिर २३ २०८२
  • images

    चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड दिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, हुआरोङ इन्टरनेशनल होल्डिङ्स (CCH) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई १५६ मिलियन डलरभन्दा बढी घुस लिएको आरोपमा दोषी ठहर गरिएको हो।

    सन् २०१४ देखि २०१८ बीचका वर्षहरूमा बाईले परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्दै ठूलो रकम घुस लिएको आरोप लागेको छ। CCH, जो कि चीन हुआरोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो, देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा कार्य गर्दै आएको छ।

    यस घुसको अनुसन्धान चीनका राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा हो, जसको मुख्य लक्ष्य हुआरोङ समूहका अधिकारीहरू रहेका छन्। यसअघि, समूहका पूर्व अध्यक्ष सियाओमिनलाई २०२१ मा २५ करोड ३० लाख डलर घुस लिएको आरोपमा मृत्युदण्ड दिइएको थियो।

    बाईको मृत्युदण्डको फैसलामा सर्वोच्च अदालतले उनका अपराधलाई अत्यन्त गम्भीर र राज्य र जनताको हितमा ठूलो क्षति पुर्याउने बताए। बाईले आफ्नो सजायविरुद्ध अपील गरेका थिए, तर अदालतले त्यो अस्वीकार गर्दै फैसलालाई कायम राखेको छ।

    चीनको भ्रष्टाचारविरोधी अभियानले हालसम्म उच्च स्तरका धेरै सरकारी अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याएको छ। यस अभियानको उद्देश्य स्वच्छ प्रशासन प्रवर्द्धन गर्नु हो भने आलोचकहरू यसलाई राष्ट्रपति सी जिनपिङको राजनीतिक विरोधीहरूलाई समाप्त गर्ने उपायको रूपमा देख्छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend