काठमाडौं। एनएमबि बैंकले सेयरधनीलाई प्रस्तावित लाभांश स्वीकृत गराउन पुस २४ गते साधारण सभा आयोजना गर्ने भएको छ।
बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर र नगद गरी कुल १० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ। बुक क्लोजअघिसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज तोकेको छ। हाल एनएमबि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ।


