पुस १६ देखि सालपा विकास बैंकको थप आईपीओ सर्वसाधारणमा

पुस १६ देखि सालपा विकास बैंकको थप आईपीओ सर्वसाधारणमा

ट्याक्स खबर
आइतवार, पौष ६ २०८२
ट्याक्स खबर
आइतवार, पौष ६ २०८२
  • images

    काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि थप सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन गर्ने भएको छ ।

    कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये यसअघि १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ । मंसिर २५ देखि २९ गतेसम्म १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्कासन गरिएको थियो, जसको बाँडफाँट पुस ४ गते गरिएको हो ।

    बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबर १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । पहिलो चरणको बाँडफाँटपछि बैंकले थप १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । यसमध्ये ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

    थप आईपीओको आवेदन अवधि छिटोमा पुस २० गतेसम्म रहनेछ । सो अवधिमा माग पूरा नभएमा निष्कासन अवधि पुस ३० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बोर्डबाट अनुमति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

    आईपीओका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई वित्तीय दायित्व समयमा पूरा गर्ने क्षमतामा उच्च जोखिम संकेत गर्ने ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

    ८० करोड रुपैयाँ अधिकृत पूँजी रहेको बैंकको जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ छ भने हाल चुक्तापूँजी ३५ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि चुक्तापूँजी जारी पूँजी बराबर पुग्नेछ । बैंकमा हाल ६७ प्रतिशत संस्थापक र ३३ प्रतिशत सर्वसाधारण शेयर स्वामित्व रहनेछ ।

    आर्थिक वर्ष ०८०/८१ सम्मको वित्तीय विवरणअनुसार बैंकको जगेडा कोष २ करोड ४ लाख रुपैयाँभन्दा बढी छ । प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी भने ९ पैसा रहेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend