काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अघिल्लो दिनको तुलनामा सोमबार सुन प्रति तोला ३ हजार ४ सय रुपैयाँ र चाँदी १ सय ३० रुपैयाँले बढेको हो।
सोमबार सुन प्रति तोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार सुनको मूल्य २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो। गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा १ सय रुपैयाँले घटेको थियो।
चाँदीको मूल्य पनि फराकिलो अन्तरले बढेको छ। चालु महिनाको पहिलो सातामै चाँदी प्रति तोला ३ सय ५० रुपैयाँले महँगिसकेको छ। सोमबार चाँदी ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा तीव्र वृद्धि देखिएको छ। सोमबार सुन प्रति औंस ४ हजार ४ सय ००.०७ अमेरिकी डलर पुगेको छ, जुन एकै दिनमा प्रति औंस ६०.१३ डलरले बढेको हो।
चाँदी पनि बढेर प्रति औंस ६९.१९ डलर पुगेको छ। चाँदी एकै दिनमा २.०५ डलरले बढेको छ भने एक महिनाको अवधिमा १६.५१ डलरले महँगिएको छ।
विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ७ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९७ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २४ पैसा र बिक्रीदर ११० रुपैयाँ ७० पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९ रुपैयाँ ०७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ र बिक्रीदर ३९ रुपैयाँ १६ पैसा कायम भएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४ रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ।
यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ। हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा कायम गरिएको छ।
कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ७० पैसा तथा ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


