नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका उद्देश्यले बजारबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकले १६ दिन अवधिका लागि बोलकबोल प्रक्रियामार्फत उक्त रकम उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। प्रस्ताव बुधबार अपराह्न ३ बजे अनलाइन प्रणालीमार्फत पेश गर्न सकिनेछ।
उठाइने रकमको साँवा तथा ब्याज पुस २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। हाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत संकलन गरेको कुल ६ खर्ब ६५ अर्ब ३५ करोड रुपैयाँ अझै परिपक्व हुन बाँकी छ।
त्यस्तै, अल्पकालीन तरलता प्रशोचनका लागि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत ३ खर्ब ४ अर्ब रुपैयाँ संकलन गरिसकेको छ।


