आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

ट्याक्स खबर
बुधवार, पौष ९ २०८२
ट्याक्स खबर
बुधवार, पौष ९ २०८२
  • images

    काठमाडौँ । आज (बुधवार) पनि सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा आज फेरि वृद्धि भएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४२० रुपैयाँ कायम भएको छ।

    यसअघि गत आइतवार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँ र चाँदी ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो। सोमवार सुन बढेर प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार २३५ रुपैयाँ पुगेको थियो। हिजो (मंगलवार) सुनको भाउ एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको थियो भने चाँदी ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

    विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मूल्यमा आएको वृद्धिको असर सुनचाँदीको मूल्यमा परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ५२५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७३ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend