सुनचाँदीको मूल्य सामान्य घट्यो, विदेशी मुद्राको मूल्य कति, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य सामान्य घट्यो, विदेशी मुद्राको मूल्य कति, कतिमा हुँदैछ कारोबार ?

ट्याक्स खबर
बिहिवार, पौष १० २०८२
ट्याक्स खबर
बिहिवार, पौष १० २०८२
  • images

    काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ५०० र चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ। यो मूल्य गत कारोबार दिनको तुलनामा सुन ६०० र चाँदी २० रुपैयाँले कमी हो।

    महासंघका अनुसार अघिल्लो कारोबार दिन सुनचाँदी क्रमश: प्रतितोला २ लाख ६८ हजार १०० र ४ हजार ४२० रुपैंयामा कारोबार भएको थियो। आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति ‌औंस ४ हजार ४७९ दशमलव ५३ अमेरिकी डलरमा कारोबार भईरहेको छ।

    विदेशी मुद्रा विनिमयदर

    काठमाडौँ, १० पुस : नेपाल राष्ट्र बैङ्कले आजका लागि लागू हुने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा छ। क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा रहेको छ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा रहेको छ।

    थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा तोकिएको छ। युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ। साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैङ्कले आवश्यकता अनुसार यी विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैङ्कको वेबसाइटमार्फत उपलब्ध हुने बताइएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend