सुनचाँदीको मूल्य घट्यो, विदेशी मुद्राको विनिमयदर कति ?

सुनचाँदीको मूल्य घट्यो, विदेशी मुद्राको विनिमयदर कति ?

ट्याक्स खबर
बुधवार, पौष १६ २०८२
ट्याक्स खबर
बुधवार, पौष १६ २०८२
  • images

    काठमाडौं। पछिल्ला केही दिनदेखि स्थानीय बजारमा निरन्तर बढ्दै आएको सुनचाँदीको मूल्य आज घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजारमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला रु चार हजार ४७० कायम गरिएको छ।

    यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० र चाँदी प्रतितोला रु चार हजार ५९० मा कारोबार भएको थियो।

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १६ पुसः नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि अमेरिकी डलरको मूल्य सामान्य रूपमा घटेको छ।

    निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर रु १४३.३७ र बिक्रीदर रु १४३.९७ कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर रु १६८.७७ र बिक्रीदर रु १६९.४७, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु १९३.७६ र बिक्रीदर रु १९४.५७, स्वीस फ्रयाङ्क एकको खरिददर रु १८१.८० र बिक्रीदर रु १८२.५६ तोकिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर रु ९६.११ र बिक्रीदर रु ९६.५१, क्यानेडियन डलर एकको खरिददर रु १०४.६९ र बिक्रीदर रु १०५.१३, सिङ्गापुर डलर एकको खरिददर रु १११.८० र बिक्रीदर रु ११२.२७ कायम गरिएको छ।

    जापानी येन १० को खरिददर रु ९.२० र बिक्रीदर रु ९.२४, चिनियाँ युआन एकको खरिददर रु २०.५१ र बिक्रीदर रु २०.६०, साउदी अरेबियन रियाल एकको खरिददर रु ३८.२३ र बिक्रीदर रु ३८.३९, कतारी रियाल एकको खरिददर रु ३९.३३ र बिक्रीदर रु ३९.५० तोकिएको छ।

    थाइ भाट एकको खरिददर रु ४.५६ र बिक्रीदर रु ४.५८, युएई दिराम एकको खरिददर रु ३९.०४ र बिक्रीदर रु ३९.२०, मलेसियन रिङ्गेट एकको खरिददर रु ३५.४३ र बिक्रीदर रु ३५.५७, साउथ कोरियन वन १०० को खरिददर रु ९.९४ र बिक्रीदर रु ९.९८ कायम भएको छ।

    त्यस्तै, स्वीडिस क्रोनर एकको खरिददर रु १५.६० र बिक्रीदर रु १५.६७, डेनिस क्रोनर एकको खरिददर रु २२.६० र बिक्रीदर रु २२.६९, हङकङ डलर एकको खरिददर रु १८.४२ र बिक्रीदर रु १८.५० तोकिएको छ।

    कुवेती दिनार एकको खरिददर रु ४६५.८२ र बिक्रीदर रु ४६७.७७, बहराइन दिनार एकको खरिददर रु ३८०.२६ र बिक्रीदर रु ३८१.८५, ओमनी रियाल एकको खरिददर रु ३७२.८७ र बिक्रीदर रु ३७४.४३ कायम गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ तोकिएको छ।

    राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि जनाइएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend