नामी र सेरेस इलेक्ट्रिक गाडीको शोरुम दाङमा, शनिबारदेखि ‘टेष्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प’

नामी र सेरेस इलेक्ट्रिक गाडीको शोरुम दाङमा, शनिबारदेखि ‘टेष्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प’

ट्याक्स खबर
बिहिवार, पौष १७ २०८२
ट्याक्स खबर
बिहिवार, पौष १७ २०८२
  • images

    काठमाडौं। नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले दाङमा नयाँ शोरुम खोल्दैछ। कम्पनीले राप्ती अटोमार्ट प्रालिसँग मिलेर शोरुम सञ्चालनमा ल्याउने भएको हो।

    शोरुम उद्घाटनका अवसरमा नामी भिगो गाडी सार्वजनिक गरिनेछ। उद्घाटनसँगै कम्पनीले शनिबारदेखि तीन दिनसम्म ‘टेष्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्नेछ। यस दौरान ग्राहकले नामी भिगो वा नामी बक्स गाडी नाडामा सार्वजनिक मूल्यमा खरिद गर्न सक्नेछन्।

    ग्राहकले ७ किलोवाट द्रुत चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर र निःशुल्क अटो प्लस बीमा सुविधा प्राप्त गर्नेछन्। साथै, सेरेस गाडीमा ६ लाख रुपैयाँसम्मको विशेष लाभ पनि उपलब्ध हुनेछ।

    एमएडब्लू वृद्धिले दाङ्गका ग्राहकहरूलाई यी इलेक्ट्रिक गाडीको प्रदर्शन प्रत्यक्ष अनुभव गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ लिन हार्दिक आमन्त्रण गरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend