नयाँ वर्ष मनाईरहँदा स्विट्जरल्यान्डमा आगलागी, करिब ४० जनाको मृत्यु

नयाँ वर्ष मनाईरहँदा स्विट्जरल्यान्डमा आगलागी, करिब ४० जनाको मृत्यु

ट्याक्स खबर
बिहिवार, पौष १७ २०८२
ट्याक्स खबर
बिहिवार, पौष १७ २०८२
  • images

    क्रान्स मोन्टाना।नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन्। दक्षिणपश्चिमी स्विट्जरल्यान्डको वालिस क्यान्टन प्रहरीले यस घटनालाई ‘गम्भीर’ भनेको छ।

    प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा विस्फोट र आगलागी सुरु भएको थियो। भवनमा नयाँ वर्षको उत्सव मनाउन १०० भन्दा बढी मानिस भेला भएका थिए। घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीको ठूलो टोली तुरुन्त पुगेको र धेरै पीडितलाई उद्धार गरिएको छ।

    क्षेत्रीय मिडियाका अनुसार मृत्युको सङ्ख्या करिब ४० र घाइतेको संख्या १०० भन्दा बढी रहेको अनुमान छ। प्रारम्भिक रिपोर्टले कन्सर्टका क्रममा आतशबाजी प्रयोग गर्दा आगो लागेको हुनसक्ने संकेत दिएको छ।

    लाथिओनले भने, “अपरेसन अझै जारी छ। प्रभावित क्षेत्र जनताका लागि पूर्ण रूपमा बन्द गरिएको छ र क्रान्स मोन्टानामा नो–फ्लाइ जोन लागू गरिएको छ।” घटनास्थलमा ठूलो संख्यामा एम्बुलेन्स पुगेको थियो र प्रभावित परिवारको सहयोगका लागि हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend