काठमाडौं। चितवनको खैरहनीमा उत्पादन प्लान्ट रहेको रंग उत्पादक कम्पनी एभरेष्ट कलर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो।
६ लाख ५५ हजार ७०० कित्ता शेयर बिक्रीमाएभरेष्ट कलरले आफ्नो कुल जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको कुल ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
अनुमति पाएको कुल कित्तामध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्काशन गरी बाँडफाँट भइसकेको छ। यसैगरी, कम्पनीले ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ।
यी सबै वर्गलाई बाँडफाँट गरिसकेपछि बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको कुल ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ।
आवेदन दिने म्याद र सीमालगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
सर्वसाधारणका लागि निष्काशन गरिएको यो आईपीओमा छिटोमा जेठ २७ गते सम्म आवेदन दिन पाइनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा मात्र निष्काशन अवधि ढिलोमा असार ५ गतेसम्म लम्बिने बिक्री प्रबन्धकले जनाएको छ। तर हालको बजारको माग हेर्दा आईपीओ छिटो अवधि जेठ २७ गतेभित्रै बन्द हुने सम्भावना बलियो देखिन्छ।
आवेदन दिने माध्यम र क्रेडिट रेटिङ्ग कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा विकसित मेरो शेयर अनलाइन प्रणालीमार्फत सजिलै आवेदन दिन सक्नेछन्।


