सुजुकीको ‘समर सर्भिस क्याम्प’ भोलिदेखि आकर्षक छुटसँगै नगरकोटमा स्टेकेसन जित्ने मौका

सुजुकीको ‘समर सर्भिस क्याम्प’ भोलिदेखि आकर्षक छुटसँगै नगरकोटमा स्टेकेसन जित्ने मौका

ट्याक्स खबर
शनिवार, जेठ २३ २०८३
ट्याक्स खबर
शनिवार, जेठ २३ २०८३
  • images

    काठमाडौं। नेपालका लागि सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले ग्राहकलाई लक्षित गर्दै राष्ट्रव्यापी सुजुकी समर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ। यो विशेष सेवा अभियान आइतबारदेखि २६ गतेसम्म नेपालभरका सबै आधिकारिक सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ।

    नेपालमा गर्मी र मनसुनपूर्वको मौसम सुरु भइसकेको छ। भारी वर्षा र चिप्लो सडकका कारण सवारी साधनको कार्यक्षमता तथा सुरक्षामा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै सीजी मोटोकर्पले यो अभियान ल्याएको हो। प्रत्येक सुजुकी गाडी धनीले यो मौसममा निडर र पूर्ण सुरक्षाका साथ यात्रा गर्न सकून् भन्ने उद्देश्यले आयोजित तीन दिने क्याम्पमा व्यापक सवारी मर्मतसम्भार, आकर्षक छुट र निःशुल्क सेवाहरू प्रदान गरिनेछ।

    स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १० प्रतिशत र  लेबर चार्जमा २० प्रतिशत छुट पाइने भएको छ। त्यस्तै, सुजुकी डाइग्नोस्टिक टुलजाँच, सामान्य सवारी निरीक्षण, हिटर तथा एयर कन्डिसनर जाँच र ब्याट्री परीक्षण भने निशुल्क हुनेछ।

    यस क्याम्पमा सेवा सुविधाहरूका अतिरिक्त एक रोमाञ्चक बम्पर लकी ड्रको समेत आयोजना गरिनेछ। क्याम्प अवधिभर आफ्नो गाडी सर्भिस गराउने ग्राहकहरू स्वतः यस लकी ड्रमा सहभागी हुनेछन्।

    सहभागी ग्राहकहरूमध्येबाट छनोट गरिने १० जना भाग्यशाली विजेताले काठमाडौँ उपत्यका नजिकैको मनोरम पर्यटकीय स्थल नगरकोटस्थित भंगेरी दरबार रिसोर्टमा एक्सक्लुसिभ स्टेकेसन प्याकेज (बस्ने सुविधा) जित्ने मौका पाउनेछन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend