विश्वकपका लागि डिगोको ५४९ रुपैयाँको ‘मोबाइल-ओन्ली’ पास सार्वजनिक

विश्वकपका लागि डिगोको ५४९ रुपैयाँको ‘मोबाइल-ओन्ली’ पास सार्वजनिक

ट्याक्स खबर
बुधवार, जेठ २७ २०८३
ट्याक्स खबर
बुधवार, जेठ २७ २०८३
  • images

    काठमाडौँ। नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल प्रसारण साझेदार डिगोले विश्वकप हेर्न चाहने दर्शकका लागि ५४९ रुपैयाँको नयाँ ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ।

    कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार करसहित ५४९ रुपैयाँ मूल्यको उक्त पासमार्फत दर्शकले मोबाइल फोनबाट विश्वकपका सबै खेल प्रत्यक्ष हेर्न सक्नेछन्।

    विश्वकप सुरु हुन केही दिन मात्र बाँकी रहँदा नेपाली दर्शकलाई लक्षित गर्दै ल्याइएको यो विशेष प्याकेजमार्फत डीगो एप प्रयोगकर्ताले प्रतियोगिताका सबै १०४ खेल नेपाली वा अंग्रेजी दुवै कमेन्ट्रीमा प्रत्यक्ष रूपमा हेर्न पाउने कम्पनीले जनाएको छ।

    डीगोका अनुसार मोबाइल–ओन्ली पास खरिद गरेपछि प्रयोगकर्ताले १०८०पी (फुल एचडी) गुणस्तरमा खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। एपभित्रै केही क्लिकमार्फत पास सक्रिय गर्न सकिने व्यवस्था गरिएको कम्पनीको दाबी छ।

    कम्पनीले अनाधिकृत स्ट्रिमिङ लिंक तथा नक्कली प्लेटफर्मप्रति सचेत रहन पनि दर्शकलाई आग्रह गरेको छ। यस्ता माध्यम प्रयोग गर्दा व्यक्तिगत तथा बैंकिङ जानकारी जोखिममा पर्न सक्ने भएकाले आधिकारिक डीगो एपमार्फत मात्र विश्वकप हेर्न अनुरोध गरिएको छ।

    नेपालमा विश्वकपका खेलहरू टेलिभिजनमार्फत हिमालय स्पोर्टस् च्यानलबाट प्रसारण हुने व्यवस्था गरिएको छ। फिफाले नेपालका लागि दिएको विशेष प्रसारण अधिकारका कारण विदेशी टेलिभिजन च्यानल वा अन्तर्राष्ट्रिय स्ट्रिमिङ प्लेटफर्मले नेपालभित्र विश्वकप प्रसारण गर्न नपाउने व्यवस्था रहेको बताइएको छ।

    विश्व फुटबलको महाकुम्भ बिहीबार मध्यरातिबाट सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक राष्ट्रमध्येको एक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend