इप्पानमा एक उपमहासचिव र पाँच सचिव निर्विरोध, अन्य पदका लागि भोलि निर्वाचन हुँदै

इप्पानमा एक उपमहासचिव र पाँच सचिव निर्विरोध, अन्य पदका लागि भोलि निर्वाचन हुँदै

ट्याक्स खबर
बिहिवार, जेठ २८ २०८३
ट्याक्स खबर
बिहिवार, जेठ २८ २०८३
  • images

    काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ । निर्वाचनको अघिल्लो दिन बिहीबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार एक उपमहासचिव र पाँच सचिव पदका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

    निर्वाचन समितिका अनुसार उपमहासचिव पदमा कविता पोख्रेल निर्विरोध निर्वाचित भएकी छन् ।पाँच सचिव पदका लागि अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजय मोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

    बाँकी रहेका अन्य पदाधिकारी तथा सदस्य पदहरूका लागि भने शुक्रबार  प्रतिस्पर्धा हुने देखिएको छ ।

    वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा कडा प्रतिस्पर्धा
    इप्पानको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः आगामी कार्यकालको लागि अध्यक्ष हुने प्रावधान रहेकाले यसपटक वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । वरिष्ठ उपाध्यक्षका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडा चुनावी मैदानमा उत्रिएका छन् ।

    त्यस्तै, ५ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका प्रतिस्पर्धीहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक रहेका छन् ।

    महासचिव, कोषाध्यक्ष र सदस्यहरूमा पनि भिडन्त
    महासचिव पदका लागि टेकनाथ (टिएन) आचार्य र प्रकाशचन्द्र दुलालबीच सिधा प्रतिस्पर्धा हुँदैछ भने कोषाध्यक्ष पदमा मिथुन चक्रवर्तीप्रसाद पौडेल र शंकर बस्याल भिड्दैछन् ।

    कार्यसमिति सदस्यतर्फ पनि आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो । खुलातर्फ ७ जना सदस्यका लागि १४ जना र महिलातर्फ ३ जना सदस्यका लागि ४ जना चुनावी प्रतिस्पर्धामा छन् ।

    खुला सदस्यका उम्मेदवारहरू 
    अनुप आचार्य, ईन्दिरा पन्त, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कंडेल, प्रदिप ओली, डा भुषण गुरागाई, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कंडेल ।

    महिला सदस्यका उम्मेदवारहरू
    ज्योति गैरे, प्रतिमा ज्ञवाली, संगिता धमला र सिर्जना खड्का ।

    इप्पानको विधानअनुसार कार्यसमितिमा अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, ५ सचिव, १ कोषाध्यक्ष, ७ खुला सदस्य र ३ महिला सदस्य रहने व्यवस्था छ। निर्विरोध भएका पदबाहेक अन्य पदको नतिजा आजै बेलुकासम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend