काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनाधिकृत रूपमा प्रसारण (पाइरेसी) गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट तथा मोबाइल एपहरूमाथि रोक लगाउन निर्देशन दिएको छ।
प्राधिकरणले एक पत्र जारी गर्दै देशका सम्पूर्ण मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई ती अनाधिकृत र पाइरेटेड प्लेटफर्महरूमा नेपालभित्र स्ट्रिमिङ नहुने व्यवस्था मिलाउन कडा निर्देशन दिएको हो।
प्राधिकरणकी सहायक निर्देशक सुनिता पाण्डेद्वारा हस्ताक्षरित पत्रमा उल्लिखित वेबसाइट र एपहरूमा विश्वकपका खेलहरू नेपालभित्र अनाधिकृत रूपमा स्ट्रिमिङ हुन नपाउने गरी प्राविधिक व्यवस्था मिलाउन र सोको जानकारी प्राधिकरणलाई गराउन सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरूलाई भनिएको छ।
आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन र डिसहोमसँग मात्रै
सूचना तथा सञ्चार मन्त्रालयको पत्रलाई उद्धृत गर्दै प्राधिकरणले नेपालभित्र विश्वकप फुटबल २०२६ को विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालि अन्तर्गतको डिगो एचटिभी, डिजिओ ब्रोडकाष्टिङ कन्सोर्टीयम जेभीले मात्र प्राप्त गरेको प्रष्ट पारेको छ।
मन्त्रालयको पत्राचार अनुसार, आधिकारिक रूपमा करोडौँ रकम खर्चेर ल्याइएको प्रसारण अधिकारलाई मिच्दै केही पाइरेटेड र अनअथराइज्ड वेबसाइट तथा एपहरूले खेलहरू निशुल्क स्ट्रिमिङ गरिरहेको फेला परेपछि प्राधिकरणले यो कदम चालेको हो।
यी हुन् रोक लगाइएका ३५ वेबसाइट र एप
प्राधिकरणले पत्रको तपशिलमा उल्लेख गरी तत्काल बन्द गर्न निर्देशन दिएका प्लेटफर्महरूको सूची यसप्रकार छ।
१. tv.getemoji.online
२. kick.com
३. freeplyrr
४. bhandari-suraj.com
५. sportzfy
६. sportzfypkdownload
७. sportzfytvapp
८. sportzfytvbd
९. sportzfy.link
१०. sportzfyapp.cc
११. cricfytv.to
१२. cricfytvap
१३. cricfytv.org
१४. cricfytv.net
१५. cricfytv.com
१६. cricfytv.pro
१७. cricty.net
१८. newsecrettips
१९. novasoccer.net
२०. nepsportshub
२१. crichd.com
२२. smarteric.com
२३. webcric.eu
२४. soccertvhd.com
२६. Streamseast.top
२७. genzaitv.com
२८. fbstream.me
२९. streamed.su
३०. Streameast
३१. ronaldo7.net
३२. lstreameast.app
३३. damity pro
३४. soccertvhd.com
३५. sportzworkzlive


