डिशहोमको ‘डिगो ओटीटी’लाई सरकारी इजाजत, नेपाली डिजिटल मनोरञ्जनलाई विश्व बजारमा पुर्‍याउने लक्ष्य

डिशहोमको ‘डिगो ओटीटी’लाई सरकारी इजाजत, नेपाली डिजिटल मनोरञ्जनलाई विश्व बजारमा पुर्‍याउने लक्ष्य

ट्याक्स खबर
बुधवार, आषाढ १० २०८३
ट्याक्स खबर
बुधवार, आषाढ १० २०८३
  • images

    काठमाडौं। डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित ‘डिगो ओटीटी’ले आधिकारिक रूपमा ओभर द टप प्रसारण इजाजतपत्र प्राप्त गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम डिगोलाई उक्त अनुमति प्रदान गरेको हो।

    कम्पनीले सरकारी इजाजत प्राप्तिसँगै नेपालको कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप सेवा सञ्चालन गरिरहेको आफ्नो हैसियत थप मजबुत भएको जनाएको छ। यसलाई नेपाली डिजिटल मनोरञ्जन क्षेत्रका लागि एक औपचारिक र नीतिगत उपलब्धिका रूपमा पनि हेरिएको छ।

    डिशहोम डिजिटलका अनुसार डिगो ओटीटीले अब विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार मार्फत नेपाली डिजिटल मनोरञ्जन सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रणनीति अघि बढाउनेछ। कम्पनीले आफूलाई विश्वसनीय, सक्षम र प्रतिस्पर्धी डिजिटल स्ट्रिमिङ प्लेटफर्म का रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

    हाल डिगो ओटीटीमार्फत प्रयोगकर्ताले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, लाइभ प्रसारण, खेलकुद, वृत्तचित्र र बाल सामग्री सुरक्षित, सहज र आधिकारिक माध्यमबाट हेर्न सक्ने कम्पनीको दाबी छ।

    कम्पनीका अनुसार डिशहोम डिजिटलसँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार ले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सामग्री वितरण गर्ने यसको क्षमता र विश्वसनीयतालाई पुष्टि गर्छ। यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्व डिजिटल बजारसँग जोड्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

    डिशहोम डिजिटलले आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव र अन्तर्राष्ट्रिय साझेदारी मार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार यो इजाजतसँगै डिगो ओटीटीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्म का रूपमा विकास गर्दै लैजाने योजना छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend