फिफा वर्ल्ड कपः ८७१ मिलियन डलरको पुरस्कार राशि, विजेताले मात्रै पाउनेछन् ५१ मिलियन डलर

फिफा वर्ल्ड कपः ८७१ मिलियन डलरको पुरस्कार राशि, विजेताले मात्रै पाउनेछन् ५१ मिलियन डलर

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • images

    काठमाडौं। फिफा विश्वकप २०२६ अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना भइरहेको छ। ४८ टोलीको सहभागिता रहेको यस प्रतियोगिताले खेल प्रतिस्पर्धामात्र होइन, पुरस्कार राशिको हिसाबले पनि नयाँ इतिहास बनाएको छ।

    फिफाले विश्वकप २०२६ का लागि कुल ८७१ मिलियन अमेरिकी डलर (१३१ अर्ब ३२ करोड) बराबरको पुरस्कार राशि घोषणा गरेको छ, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो रकम हो।

    सुरुआतमा फिफाले कुल ७२७ मिलियन डलर पुरस्कार घोषणा गरेको थियो, जुन कतारमा सम्पन्न २०२२ विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी थियो। पछि सहभागी टोलीका लागि तयारी खर्च र सहभागिता रकम बढाइएपछि कुल पुरस्कार राशि ८७१ मिलियन डलर पुगेको हो।

    विजेतादेखि पहिलो चरणमै बाहिरिने टोलीसम्म सबैले पाउनेछन् पुरस्कार
    प्रतियोगितामा टोलीको प्रदर्शनअनुसार पुरस्कार वितरण गरिनेछ। विश्वविजेता टोलीले ५१ मिलियन डलर प्राप्त गर्नेछ भने उपविजेताले ३४ मिलियन डलर हात पार्नेछ।

    पुरस्कार यस्तो छः

    विजेता : ५१ मिलियन डलर
    उपविजेता : ३४ मिलियन डलर
    तेस्रो स्थान : ३० मिलियन डलर
    चौथो स्थान : २८ मिलियन डलर
    क्वार्टरफाइनल (५औँ–८औँ) :  २० मिलियन डलर
    अन्तिम १६ (९औँ–१६औँ): १६ मिलियन डलर
    १७औँ–३२औँ स्थान : १२ मिलियन डलर
    ३३औँ–४८औँ स्थान : १० मिलियन डलर

    यसअनुसार, प्रतियोगितामा जति उत्कृष्ट प्रदर्शन हुन्छ, पुरस्कार रकम पनि त्यति नै बढ्दै जानेछ।

    सहभागितामात्रैले पनि करोडौँ डलर
    फिफाले प्रदर्शनबाहेक प्रत्येक सहभागी टोलीलाई तयारी तथा सहभागिताका लागि छुट्टै आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ।

    प्रत्येक टोलीले २.५ मिलियन डलर तयारी खर्च तथा १६ मिलियन डलर टिम कन्ट्रीब्युसन प्राप्त गर्नेछ। यसरी विश्वकपमा सहभागी हुने प्रत्येक टोलीले प्रदर्शन जस्तोसुकै भए पनि कम्तीमा १२.५ मिलियन डलर बराबरको रकम प्राप्त गर्ने सुनिश्चित भएको छ।

    फिफाको यो पुरस्कार संरचनाले विश्वकप २०२६ लाई खेल इतिहासकै सबैभन्दा धेरै आर्थिक आकर्षण भएको प्रतियोगितामध्ये एक बनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend