काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन्।
चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा सोमबार नै स्वीकृत भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
उनी ०८१ चैतमा नियुक्त भएका थिए। झापाका चापागाईंले यसअघि सानिमा रिलायन्स इन्स्योरेन्सको नायव महाप्रबन्धक भएर काम गरेका थिए।


