काठमाडौं। अनलाइनमा सामान मन पराएर ‘कार्ट’मा त राखियो, तर पैसा तिर्ने बेला एउटा एपबाट अर्को एपमा जानुपर्ने, ओटीपी कुरेर बस्नुपर्ने र लगइन बिर्सिने झन्झटले आजित हुनुभएको छ?
विश्वव्यापी रूपमा करिब ७० प्रतिशत ग्राहकले यस्तै जटिल प्रक्रियाका कारण सामान नकिनी अनलाइन ‘कार्ट’ रित्तै छोड्ने गरेका छन्।
नेपाली इकमर्स क्षेत्रको यही सबैभन्दा ठूलो चुनौतीलाई समाधान गर्दै नेपालको डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘चेक आउट बाई फोनपे’ नामक नयाँ र अत्याधुनिक अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ।
यस नयाँ प्रविधिमार्फत अब ग्राहकले अनलाइन सपिङ गर्दा वा वेबसाइटमा सामान किन्दा, भुक्तानीका लागि अन्य कुनै एप वा ब्राउजरमा रिडाइरेक्ट भइरहनु पर्दैन। व्यापारीकै चेकआउट प्लेटफर्ममा बसेर सिधै र सुरक्षित रूपमा भुक्तानी प्रक्रिया पूरा गर्न सकिनेछ। यसले अनलाइन किनमेललाई अविश्वसनीय रूपमा छिटो, सहज र सुविधाजनक बनाउने कम्पनीले जनाएको छ।
‘इकमर्सको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्छ,’ फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘चेक आउट बाई फोनपे अनलाइन भुक्तानीमा हुने झन्झट हटाउन तयार गरिएको हो। यसले ग्राहकका लागि कारोबार छिटो बनाउने मात्र होइन, व्यापारीहरूको व्यापार बढाउन (रूपान्तरण दर सुधार गर्न)समेत मद्दत गर्छ।’
११ वटा बैंकबाट सेवा सुरु, पहिलो आबद्धता फास्टोसँग
यो सेवा तत्कालका लागि कृषि विकास बैंक, सिटिजन्स, गरिमा, कुमारी, लक्ष्मी सनराइज, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ, नबिल, प्रभु, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकसहित ११ वटा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमार्फत उपलब्ध भइसकेको छ। आगामी दिनमा अन्य बैंक र डिजिटल प्लेटफर्महरू पनि थपिँदै जानेछन्।
फोनपेले आफ्नो पहिलो मर्चेन्ट पार्टनरका रूपमा द्रुत डेलिभरी सेवा प्रदायक ुफास्टोु सँग सहकार्य गरेको छ। अब फास्टो एपमार्फत अर्डर गर्दा ग्राहकले यो झन्झटमुक्त भुक्तानीको अनुभव लिन पाउनेछन्।
उपभोक्तालाई २० प्रतिशत क्यासब्याक अफर
यस नयाँ सेवाको सुरुवातको उत्सव मनाउन फोनपे र फास्टोले संयुक्त रूपमा ह्वाट द फास्ट। फटाफट अर्डर फटाफट चेकआउट’ अभियान सुरु गरेका छन्।
जुलाई ७ देखि जुलाई १३, २०२६ सम्म चल्ने यस अभियानअन्तर्गत फास्टोबाट सामान अर्डर गरी चेक आउट बाई फोनपे मार्फत भुक्तानी गर्दा ग्राहकले २० प्रतिशत (अधिकतम १ हजार रुपैयाँसम्म)क्यासब्याक तुरुन्तै पाउनेछन्।


