डेटा उपभोग बढाउने टेलिकमको रणनीति: दैनिक १५ जीबीसम्मको मनसुन अफर, पोस्टपेडमा पनि नयाँ प्याक

डेटा उपभोग बढाउने टेलिकमको रणनीति: दैनिक १५ जीबीसम्मको मनसुन अफर, पोस्टपेडमा पनि नयाँ प्याक

ट्याक्स खबर
मंगलवार, श्रावण १२ २०८३
ट्याक्स खबर
मंगलवार, श्रावण १२ २०८३
  • images

    काठमाडौँ। मोबाइल डेटा प्रयोगकर्ता र उच्च खपत गर्ने ग्राहकलाई लक्षित गर्दै नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। अफरमा दैनिक १५ जीबीसम्म डेटा, अनलिमिटेड भ्वाइस र नयाँ पोस्टपेड प्याक समावेश गरिएको छ।

    टेलिकमले साउन १२ गतेदेखि लागू गरेको अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि पहिलोपटक ३७३ र ४९९ रुपैयाँका नयाँ प्याक ल्याएको छ। ३७३ रुपैयाँको प्याकमा ६ जीबी डेटा, ४०० मिनेट अलनेट कल र ५० एसएमएस तथा ४९९ रुपैयाँको प्याकमा १० जीबी डेटा, ५०० मिनेट कल र १०० एसएमएस उपलब्ध हुनेछ।

    त्यस्तै, उच्च डेटा प्रयोगकर्तालाई लक्षित ‘सजिलो अनलिमिटेड’ प्याकलाई पनि थप आकर्षक बनाइएको छ। ६९९ रुपैयाँदेखि १,९९९ रुपैयाँसम्मका प्याकमा दैनिक २ जीबीदेखि १५ जीबीसम्म डेटा, अनलिमिटेड भ्वाइस र २०० देखि ५०० एसएमएसको सुविधा दिइएको छ। सबैभन्दा महँगो १,९९९ रुपैयाँको ‘एक्जिक्युटिभ प्याक’मा अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सुविधा समावेश गरिएको छ।

    प्रिपेड ग्राहकका लागि पनि छोटो अवधिका नयाँ डेटा प्याक थपिएका छन्। अब ९९ रुपैयाँमा एक दिनका लागि ८ जीबी डेटा र १९९ रुपैयाँमा सात दिनका लागि २० जीबी डेटा प्रयोग गर्न सकिनेछ। ९९९ र १,४९९ रुपैयाँका सजिलो अनलिमिटेड प्रिपेड प्याकमा पनि डेटा र एसएमएस सुविधा बढाइएको कम्पनीले जनाएको छ।

    टेलिकमले स्वतः नवीकरण हुने ‘नमस्ते रिकरिङ’ सेवामा ६९९ रुपैयाँको नयाँ प्याक थपेको छ भने कर्पोरेट युजर ग्रुप (सीयूजी) का लागि पनि नयाँ प्याक उपलब्ध गराएको छ।

    यससँगै कम्पनीले ‘नमस्ते क्रेडिट (सापटी)’ सेवामा पनि परिवर्तन गरेको छ। साउन १५ गतेदेखि ग्राहकले ३० रुपैयाँसम्म सापटी लिन सक्नेछन्, जसबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डेटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

    नेपाल टेलिकमका अनुसार ग्राहकले *1415# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइटमार्फत प्याकेजको जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend