एनसेलको मनसुन अफर, रु. ५०० माथिको प्याकमा २० प्रतिशतसम्म क्यासब्याक

एनसेलको मनसुन अफर, रु. ५०० माथिको प्याकमा २० प्रतिशतसम्म क्यासब्याक

ट्याक्स खबर
बिहिवार, श्रावण २१ २०८३
ट्याक्स खबर
बिहिवार, श्रावण २१ २०८३
  • images

    काठमाडौं। निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकलाई लक्षित गर्दै नयाँ ‘मनसुन अफर’ सञ्चालनमा ल्याएको छ। अफरअन्तर्गत ५० रुपैयाँ वा सोभन्दा माथिको प्याक खरिद गर्ने ग्राहकले प्याकको मूल्यअनुसार पाँचदेखि २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार क्यासब्याक सुविधा नियमित प्याकसँगै नयाँ सिम (स्टार्टर प्याक) मा पनि उपलब्ध हुनेछ। यसबाट ग्राहकले समान शुल्कमा थप सेवा लाभ लिन सक्ने एनसेलको दाबी छ।

    ९९ रुपैयाँको स्टार्टर प्याक खरिद गर्ने ग्राहकले पाँच प्रतिशत क्यासब्याक पाउनेछन् भने ५०० रुपैयाँ वा सोभन्दा माथिको प्याक खरिद गर्दा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

    कम्पनीले क्यासब्याकका लागि विभिन्न मूल्य समूह निर्धारण गरेको छ।  ५० रुपैयाँदेखि ९९  रुपैयाँसम्मको प्याकमा पाँच प्रतिशत, १०० देखि २०० रुपैयाँसम्ममा १० प्रतिशत,. २०१ देखि ४९९ रुपैयाँसम्ममा १५ प्रतिशत तथा ५०० रुपैयाँ वा सोभन्दा माथिको प्याकमा २० प्रतिशत क्यासब्याक प्रदान गरिने जनाएको छ।

    प्याक खरिद गरेपछि ग्राहकले एसएमएसमार्फत क्यासब्याक भएको सूचना प्राप्त गर्नेछन्। त्यसपछि क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ। ग्राहकले २४ घण्टाभित्र ‘क्लेम क्यासब्याक’ विकल्पमार्फत उक्त रिवार्ड दाबी गर्नुपर्नेछ भने प्राप्त क्यासब्याक एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

    कम्पनीका अनुसार क्यासब्याक रकमबाट अन्य योग्य प्याक खरिद गर्न सकिने भए पनि त्यसलाई अन्य ग्राहकमा ट्रान्सफर गर्न वा नगदमा रूपान्तरण गर्न भने मिल्ने छैन।

    एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकलाई थप मूल्य र डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए। उनका अनुसार एनसेल एपमार्फत हिमालयन जाभा, ट्रिप टर्बो र अल्टिमा लाइफस्टाइलजस्ता साझेदारबाट विभिन्न छुट तथा विशेष सुविधा पनि उपलब्ध भइरहेका छन्।

    एनसेलले पछिल्लो समय ग्राहकलाई डिजिटल प्लेटफर्मतर्फ आकर्षित गर्न एपमार्फत विभिन्न अफर सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार नयाँ मनसुन अफर पनि कल र डेटा सेवाभन्दा बाहिर डिजिटल इकोसिस्टम विस्तार गर्ने रणनीतिको हिस्सा हो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend