म्याक्सस ई-टेरेन पिकअपको ४४ वटा बुकिङ, भदौ १५ सम्म छुट सुविधा

म्याक्सस ई-टेरेन पिकअपको ४४ वटा बुकिङ, भदौ १५ सम्म छुट सुविधा

ट्याक्स खबर
बुधवार, भाद्र ३ २०८३
ट्याक्स खबर
बुधवार, भाद्र ३ २०८३
  • images

    काठमाडौं। हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस ई-टेरेन पिकअप ट्रकका ४४ वटा बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन छन्।

    कम्पनीले करिब तीन साताअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको ई-टेरेन कम्फर्ट भर्सनलाई ८८ लाख रुपैयाँमा बिक्रीका लागि ल्याएको थियो। नाइमा अटो शोका अवसरमा कम्पनीले उक्त मोडलमा २ लाख रुपैयाँ छुट दिएको थियो।

    त्यस्तै, ई-टेरेनको प्रिमियम भर्सनको मूल्य १ करोड २८ लाख रुपैयाँ रहेकोमा एक्सपो अवधिमा ५ लाख रुपैयाँ छुट दिइएको थियो।

    कम्पनीका अनुसार उक्त छुट सुविधा सुरुमा नाइमा मोबिलिटी एक्सपो अवधिका लागि मात्रै तोकिएको थियो। तर, एक्सपोपछि पनि केही दिन अफरलाई निरन्तरता दिन ग्राहकबाट अनुरोध आएपछि भदौ १५ गतेसम्म छुट सुविधा कायम राख्ने निर्णय गरिएको हो।

    छुट सुविधामा म्याक्सस ई-टेरेन बुकिङ गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा पुगेर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

    ‘परिवार र व्यवसायका लागि एउटै सवारी’ भन्ने नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई-टेरेन छोटो समयमै नेपाली बजारमा आकर्षण बढाउन सफल भएको कम्पनीको दाबी छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा यात्रा गर्नुपर्ने ग्राहक तथा क्याम्पिङमा रुचि राख्नेहरूबीच यो पिकअपको माग बढेको कम्पनीले जनाएको छ।

    आक्रामक डिजाइन, सुविधा सम्पन्न कारमा उपलब्ध हुने विभिन्न फिचर तथा निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले ई–टेरेनप्रति ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ।

    उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् आयोजनाका क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ।

    म्याक्सस ई–टेरेन चीनको म्याक्ससले उत्पादन गरेको हो। उत्पादन कम्पनीको विश्वसनीयता तथा नेपालमा हिमालय मोटोरोक्सले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र सर्भिस सुविधालाई प्राथमिकता दिएकाले ग्राहकको विश्वास बढ्दै गएको कम्पनीको भनाइ छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend