सामसङको मनसुन अफर : टिभी, वासिङ मेसिन र फ्रिजमा २३ प्रतिशतसम्म क्यासब्याक

सामसङको मनसुन अफर : टिभी, वासिङ मेसिन र फ्रिजमा २३ प्रतिशतसम्म क्यासब्याक

ट्याक्स खबर
सोमवार, भाद्र ८ २०८३
ट्याक्स खबर
सोमवार, भाद्र ८ २०८३
  • images

    काठमाडौं । सामसङ नेपालले नेपाली उपभोक्ताका लागि ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। कम्पनीले टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजेरेटर खरिदमा २३ प्रतिशतसम्म क्यासब्याक, उपहार तथा किस्ताबन्दीको सुविधा ल्याएको हो।

    कम्पनीका अनुसार घरायसी उपकरण अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ल्याइएको योजनामा पछिल्ला मोडलका उपकरण समावेश छन्।

    अफरअन्तर्गत चुनिएका सामसङ टिभी खरिदमा ग्राहकले १२ महिनासम्म निःशुल्क नेट टिभी सब्स्क्रिप्सन पाउनेछन्। ८५ इन्चको नियो क्युएलइडी तथा ७५ इन्चको युएचडी टिभी खरिद गर्ने ग्राहकले ४९ हजार ९९९ रुपैयाँ मूल्यको साउन्डबार उपहार पाउने कम्पनीले जनाएको छ।

    टिभीको मोडलअनुसार ७ देखि २१ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

    वासिङ मेसिन र फ्रिजमा पनि छुट

    वासिङ मेसिनतर्फ ७ देखि १२ केजी क्षमताका मोडलमा २३ प्रतिशतसम्म तत्काल क्यासब्याकको व्यवस्था गरिएको छ। विशेषगरी एआई इकोबबल वासर ड्रायर तथा फ्रन्ट लोड मेसिनमा आकर्षक छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    चुनिएका वासिङ मेसिन खरिदमा सर्फ एक्सेल म्याटिक पाउडरसमेत उपहारका रूपमा दिइनेछ।

    रेफ्रिजेरेटरतर्फ साइड-बाई-साइड, फाइभ-इन-वान र डबल डोर मोडलमा १७ प्रतिशतसम्म क्यासब्याक पाइनेछ।

    शून्य ब्याजमा २४ महिनासम्मको किस्ता

    ग्राहकलाई खरिद सहज बनाउन कम्पनीले हुलास फिनसर्भमार्फत ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा पनि उपलब्ध गराएको छ। यसअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा २४ महिनासम्मको इएमआई सुविधामा सामान खरिद गर्न सक्नेछन्।

    पुराना घरायसी उपकरण फेरेर नयाँ खरिद गर्न चाहने ग्राहकका लागि ‘अर्को स्टोर’ तथा सामसङका अधिकृत स्टोरमार्फत एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार ‘मनसुन अफर’ सीमित अवधिका लागि देशभरका सामसङका अधिकृत रिटेल स्टोरमा लागू हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend