विश्व बैंकले बाढी प्रभावित नेपाललाई १७ करोड डलर सहयोग गर्ने

विश्व बैंकले बाढी प्रभावित नेपाललाई १७ करोड डलर सहयोग गर्ने

ट्याक्स खबर
बिहिवार, भाद्र ११ २०८३
ट्याक्स खबर
बिहिवार, भाद्र ११ २०८३
  • images

    काठमाडौं। बाढी प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार उक्त रकम करिब २५ अर्ब रुपैयाँ बराबर हो।

    विश्व बैंकबाट प्राप्त हुने सहयोगमध्ये १ करोड अमेरिकी डलर तत्कालको राहत तथा पुनःस्थापनाका लागि ‘र्‍यापिड रेस्पोन्स अपरेसन’मार्फत परिचालन गरिनेछ।

    बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र अत्यावश्यक पूर्वाधारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम परिचालन गरिने भएको हो।

    विश्व बैंकको सहयोग परिचालनका लागि नेपाल सरकारले आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसका लागि सरकारले संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्नेछ।

    संकटकाल घोषणा र राजपत्रमा सूचना प्रकाशित भएपछि विश्व बैंकले तत्काल सहयोग परिचालनको प्रक्रिया अघि बढाउने अर्थ मन्त्रालयले जनाएको छ।

    रसुवालगायतका उत्तरी क्षेत्रमा आएको भीषण आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोगका लागि समन्वय गरिरहेको छ। पछिल्लो विपद्पछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि उद्धार तथा राहतका लागि सहयोग घोषणा गरेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend