हाथवेले सुगर मिल र जलविद्युत्मा ४० करोडसम्म लगानी गर्ने

हाथवेले सुगर मिल र जलविद्युत्मा ४० करोडसम्म लगानी गर्ने

ट्याक्स खबर
शुक्रवार, भाद्र २६ २०८३
ट्याक्स खबर
शुक्रवार, भाद्र २६ २०८३
  • images

    काठमाडौं। हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले लगानी विविधीकरण गर्दै चिनी उद्योग र जलविद्युत् क्षेत्रमा गरी ४० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ।

    कम्पनीको भदौ २४ गते बसेको २३५औँ सञ्चालक समिति बैठकले दुई कम्पनीमा संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको हो।

    निर्णयअनुसार हाथवेले विजयश्री सुगर मिल्स लिमिटेडको २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। प्रतिसेयर १०० रुपैयाँका दरले उक्त सेयर खरिदमा कम्पनीले २५ करोड रुपैयाँसम्म लगानी गर्ने जनाएको छ।

    त्यस्तै, भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरिरहेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.९२१ मेगावाट क्षमताको इन्दुवा खोला जलविद्युत् आयोजनामा पनि हाथवेले लगानी गर्ने भएको छ।

    आयोजनाको १५ लाख कित्ता संस्थापक सेयर खरिदका लागि प्रतिसेयर १०० रुपैयाँका दरले १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

    यससँगै हाथवेले चिनी उद्योगतर्फ २५ करोड र जलविद्युत्तर्फ १५ करोड रुपैयाँसम्म लगानी गर्नेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend