दसैँतिहारमा सामसङको अफर, दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार पाउने

दसैँतिहारमा सामसङको अफर, दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार पाउने

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • images

    काठमाडौं। सामसङ नेपालले दसैँ–तिहारलाई लक्षित गर्दै टिभी तथा होम अप्लायन्स खरिदमा ‘स्मार्ट अपग्रेड घरमा, लकी सरप्राइज चाडमा’ अफर ल्याएको छ।

    कम्पनीले आइतबारदेखि सुरु गरेको यो अभियान आगामी नोभेम्बर १६ सम्म सञ्चालन हुनेछ। अफरअन्तर्गत ग्राहकले सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्दा दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन्। यससँगै ग्राहकले थप क्यासब्याक र निश्चित उपहारसमेत पाउने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार खरिद गरिएको सामान दर्ता गरी सर्त तथा नियमअनुसार लक्की ड्रमा सहभागी हुन सकिनेछ। दैनिक लक्की ड्रबाट ३१ जना विजेता छनोट हुनेछन्। विजेताले सामसङको ९ किलो क्षमताको फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्चको यूएचडी टिभीमध्ये कुनै एक उपहार पाउनेछन्।

    त्यस्तै, साप्ताहिक लक्की ड्रबाट आठ जना विजेता छनोट गरिनेछ। उनीहरूले सामसङ एसी जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

    लक्की ड्रमा सहभागी हुन ग्राहकले खरिद गरेको सामानको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गर्नुपर्नेछ। त्यसका लागि ‘SAMSUNG SPACE १४ अंकको सिरियल नम्बर’ टाइप गरी ३७२७३ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ। एसएमएस पठाएपछि ग्राहकले तत्कालै आफ्नो सहभागिता पुष्टि हुने सन्देश प्राप्त गर्नेछन्।

    कम्पनीका अनुसार लक्की ड्रका विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिनेछ। विजेताको सूची स्मार्ट प्लाजा र बिग डिजिटलको फेसबुक पेजमार्फत समेत सार्वजनिक गरिनेछ।

    लक्की ड्रबाहेक अफर अवधिभर सामसङका विभिन्न टिभी तथा होम अप्लायन्स खरिदमा थप क्यासब्याक र आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend